www.tandavnews.com
Fact ~ In search of truth

अफगान सरकारद्धारा पोलियो खोप अभियान सुरु

काबुल, सिन्ह्वा

अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट सो कार्यक्रमको सुरुवात गरेको यहाँका एक स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती अधिकारीले उक्त कार्यक्रमलाई देशव्यापी बनाइने जानकारी पनि गराएका छन् ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफको सहयोगमा यो कार्यक्रमको सुरुवात गरिएको बताइएको छ । सोमबारदेखि सुरु भएको यो कार्यक्रम ४ दिनसम्म सञ्चालन गरिने छ । यो अभियानले यहाँका ५ वर्षमुनिका ९० लाखभन्दा बढी बालबालिकालाई लक्ष्य गरेको बताइएको छ ।

Batas

अफगानिस्तानका कार्यबाहक जनस्वास्थ्य मन्त्री क्वाल्दार अबादले देशमा पोलियोको उन्मुलनका लागि यो अभियान सञ्चालन गरिएको बताएको छ । अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए । यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो । तर तालिबानहरुले विदेशी कार्यक्रम भनेर यसमा संलग्न हुने स्वास्थ्यकर्मीको हत्या गर्ने तथा आफ्ना बालबालिकालाई पोलियो थोपा नखुवाउन दबाब दिने गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.