www.tandavnews.com
Fact ~ In search of truth

डेस्टिनेसन एबीसीः समय, खाना, आवास खर्च विवरणसहित हेर्नुहोस् २४ तस्विर

पोखरा
ताण्डव न्यूज ।

अन्नपूर्ण, माछापुच्छ्रे र हिमचुली, जसले अन्नपूर्ण आधार शिविर (एबीसी) लाई चारै तिरबाट घेरेको छ । एबीसी एउता उपत्यका हो ।

विहानको घामको पहिलो झुल्कोले ३६० डिग्रीमा देखिने यि हिमाललाई सुनमा बदलिदिन्छ । अनि टल्किन्छ सुनजस्तै पहेलै । फेरी घाम छिप्पिएपछि केही समयमै चाँदीमा परिणत गरिदिन्छ र देखिन्छ सेताम्मे ।

Batas

मनमोहक अन्नपूर्णको विभिन्न तीन रेन्ज, हिमचुली, गगांपूर्ण, बाह्रशिखर, सिँहचुली, टेन्टपिक, गन्धर्भचुली र अन्य चुलीहरु र माछापुच्छ्रेलाई आँखै अगाडी झलझली देख्न भने आधार शिविर पुग्नै पर्छ । त्यसको लागि कम्तिमा ५ दिन समय अलग्गाएर निस्कनुपर्छ ।

शाहसिक पदयात्रामा हराउन मन पराउनेहरु विरलै मात्र होलान् एबीसी नपुगेका । किनभने यो पदमार्ग एशियामै मात्र नभएर विश्वमै लोकप्रिय छ । अन्नपूर्ण हिमाल फ्रान्सेली आरोही मोरिस हर्जाेगले सन् १९५० मा सफल आरोहण गरेका थिए ।

समय र होटलको व्यवस्था

पोखरा देखि अन्नपूर्ण गाउँपालिका ११ मत्क्यू सम्म सवारी साधनको सहज पहुँच छ । नीजि सवारी साधन लगेको खण्डमा सशुल्क पार्किङको व्यवस्था पनि छ । पर्यटकको पैदल यात्रा त्यहीबाट सुरु हुन्छ ।

करिब १ घण्टा हिडेपछि झिनु पुगिन्छ । जहाँ ८ वटा व्यवस्थित होटल छन् । करिब १ घण्टा २० मिनेट उकालो चढेपछि छोम्रोङ पुगिन्छ । प्राय पर्यटकको पहिलो रात त्यही बित्छ ।

छोम्रोङ समुद्री सतहबाट २१७० मिटर उचाईमा रहेको छ । त्यँहा कुल १३ होटल छन् । छोम्रोङ उत्तरी भेगको अन्तिम गुरुङ गाउँपनि हो ।

विहानै उठेपनि ब्रेकफास्टसँगै यात्रा सुरु हुन्छ ।

लोअर सिनुवा साढे १ घण्टामा पुगिन्छ । जहाँ ५ होटलहरु पर्यटकको स्वागतमा तैनाथ छन् । त्यहाँबाट १ घण्टा उकाको चढेपछि अपर सिनुवा पुगिन्छ । त्यहाँ ३ वटा होटल र एउटा टि-सप रहेको छ । त्यहाँबाट पौने २ घण्टा तेर्साे र केही ओरालो झरेपछि व्याम्बो आईपुग्छ । जहाँ नयां सहित ६ होटलको व्यवस्था छ ।

व्याम्बोबाट १ घण्टा हिडेपछि दोभान पुगिन्छ । दोभानमा सुविधा सम्पन्न ५ होटल छन् । कोही पर्यटकले त्यही त्यो रात बिताउछन् ।

दोभानबाट साढे १ घण्टाको यात्रापनि हिमालय पुगिन्छ । त्यहाँ ३ होटल सञ्चालनमा छन् । प्राय पर्यटकहरु हिमालयमा बस्ने गर्दछन् । भने कोही देउराली पनि बास बस्न पुग्छन् । हिमालयबाट साढे १ घण्टा ठडिएपछि देउराली आईपुग्छ । त्यँहा ५ वटा होटल छन् ।

हिमालय पछिको अर्काे गन्तव्य भनेको एमबीसी हो, माछापुच्छ्रे आधार शिविर । त्यहाँ पुग्न देउरालीबाट २ घण्टा समय लाग्छ । जहाँ ५ वटा होटलले सेवा सुविधा प्रदान गर्दै आएको छ ।

त्यहाँ पुगेपछि पर्यटकले फरक महसुस गर्छन ।

प्राकृतिक सौन्दर्यता नियाल्न पाउछन् भने उचाईका कारण केही यात्रा केही सुस्ताउछ । त्यहाँबाट २ घण्टाको पैदल यात्रा पश्चात अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी, ४१३० मिटर) पुगिन्छ । जहाँ ६ होटल सञ्चालनमा रहेका छन् ।

एबीसी त्यस्तो ठाउँ हो जहाँबाट ३६० डिग्रीमा अन्नपूर्ण, हिमचुली, बाह्रशिखर, गगांपूर्ण, माछापुच्छ«े लगायत अन्य हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न पाईन्छ । एबीसीलाई नौ वटा हिमालले घेरेको छ ।

स्थानिय होटल तथा पर्यटन व्यवसायीका अनुसार एबीसी पदमार्गमा झिनु देखि एबीसी सम्म कुल ५९ वटा होटल र १ टि-सप रहेको छ भने । यात्रा समयावधिमा पर्यटकको हिडाई अनुसार समय थपघट हुन सक्नेछ ।

खर्च कति ?

स्थानीय होटल व्यवसायीहरुका अनुसार आन्तरिक र बाह्य पर्यटकको खर्च फरक हुने गर्छ । एबीसी सम्म पुग्दा एक दिनमा प्रतिव्यक्ति कम्तिमा १ हजार ३ सय ५० देखि बढिमा २ हजार खर्च हुने गर्छ ।

सो रकममा खाजा, खाना, चिया तथा आवासलाई पर्याप्त हुन्छ । कोरोना भाईरसको महामारी पछि असोस ५ गते देखि एबीस पदमार्ग खुला भएको थियो ।

आन्तरिक पर्यटकलाई लक्षित गरि पर्यटन व्यवस्थापन समिति छोम्रोङले १ हजार ७ सय ५० रुपैयामा प्याकेजको व्यवस्था गरेको छ । सो प्याकेजमा एक छाक खाना, खाजा, तथा अवास सहित चिया निर्धारण गरेको छ । एबीसी पुग्न कम्तिमा १० हजार रुपैया लाग्छ ।

चल्दैन मासु

सो पदमार्गमा मासुका भोगीहरुले भने अण्डामै चित्त बुझाउनुपर्ने हुन्छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा मासु लान मनाही छ । एबीसी धार्मिक क्षेत्र समेत रहेकाले सो क्षेत्रमा भैसी, सुँगुर तथा कुखुराको मासु प्रतिबन्ध लगाईएको हो । त्यसैले सो क्षेत्रका होटलहरुमा मासु उपलब्ध हुदैनन् । त्यसोत अपर सिन्ह्वा सम्म भने पाईन्छ । पर्यटन व्यवसायीहरुका अनुसार पदमार्गमा रहेको युम्पो (ढुङ्गे) देउरालीबाट माथी व्यवसायी तथा पर्यटक जोकोहीले पनि मासु लगेको खण्डमा दुर्घटना हुने वा नराम्रो असर पर्ने मान्यता रहेकोले मासु प्रतिबन्ध गरिएको हो ।

कति पर्यटक पुगे एबीसी ?

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांक अनुसार सन् २०१७ मा ३० हजार ७२४, सन् २०१८ मा ३३ हजार ६८३ र सन् २०१९ मा झन्डै ३२ कोरोना महामारीका कारण सन् २०२० ठप्प भयो । र २०२१ काे पछिल्लो समयको तथ्यांक अनुसार आन्तरिक र बाह्य पर्यटक गरि ३५०० बढि एबीसी पुगेका छन् ।

तस्विरः रञ्जित गुरुङ/ताण्डवकर्मी अर्जुन गाहा (सुशान्त)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.