www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा: नयाँबजार बस्ने ‘प्रेमा र कोपिला’ २१६ एम्पुल लागुऔषधसहित पक्राउ

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित २ महिलालाई पक्राउ गरेको छ ।

पोखरा महानगर ८ सिमलचौरमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

Batas

लमजुङ दोर्दी गाउाँपालिका ७ घर भई पोखरा ९ नयाँबजार बस्दै आएकी ३१ वर्षिया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका २ घर भई गुरुङसँगै बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल पक्राउ परेका हुन् ।

उनिहरुको साथबाट डाईजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल, फेनेरागन ७२ एम्पुल गरी जम्मा २१६ एम्पुल फेला परेको र कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.