www.tandavnews.com
Fact ~ In search of truth

‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीलाई मातृशोक

ताण्डव न्यूज

‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको कमेडी च्यापियन प्रतियोगीसमेत रहेका प्रभात लामाले बताएका छन् ।

सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए । त्यसपछि चावहिलको मेडिकेयर अस्पताल पर्याइएको दुर्गालाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्गा उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित थिइन् । सिक्किम निवासी विक्कीले ‘कमेडी च्याम्पियन २’ बाट थुप्रैको मन जित्न सफल भएका थिए ।

Batas

कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमासहित नेपाल आएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.