www.tandavnews.com
Fact ~ In search of truth

अपांगता भएकालाई जनगणनामा छुटाउन नहुने उपायबारे पोखरामा अन्तरक्रिया

पोखरा, ताण्डव न्यूज

अपांगता भएका व्यक्तिहरुको स्पष्ट तथ्यांकका लागि जनचेतना र प्रचारप्रसार तिब्र पारिनुपर्नेमा जोड दिईएको छ ।

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ मा अपांगता भएका व्यक्तिहरुको संलग्नता, मार्गदर्शन’ विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् । उनीहरुले जनचेतनाका लागि गर्नुपर्ने कामहरुबारे आआफ्नो धारणामार्फत व्यापक प्रचारप्रसारको खाँचौ औँल्याएका छन् ।

Batas

कार्यक्रममा नेपाल अपांग महासंघका केन्द्रिय सदस्य रमेश पोखेलले अपांगता भएका व्यक्तिहरुको हालको अवस्था, अपांगहरुको स्पष्ट तथ्यांकका लागि महासंघले गरेका प्रयासबारे जानकारी दिए । उनका अनुसार गणकहरुलाई अपांगता भएका व्यक्तिहरुको विवरण नछुटाउन जानकारी गराउने, टोलटोलमा रहेका आमा समूह, यूवा क्लब, विद्यार्थी, शिक्षकको माध्यमबाट घरघरमा सूचना पुर्याई अपांगता भएका व्यक्तिहरुको विवरण छुट हुन नदिनेतर्फ सचेत गराउने लगायतका काम गरिएको छ । साथै पर्चा पम्लेटको माध्यमबाट घरघरमा सूचना पुर्याउने कामसमेत गरिएको छ भने विभिन्न आमसञ्चार माध्यमबाट पनि सूचनाहरु प्रशारण गरिएको छ ।

सो अवसरमा राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपांगता भएका व्यक्तिहरु जनगणनामा समावेश नहुँदा पर्न सक्ने प्रभाव र हालसम्म महासंघले गरिरहेका पहलबारे अवगत गराए । उनले अपांगता भएका व्यक्तिहरुको पूर्ण विवरण प्राप्त हुन सकेमात्र उनीहरुको हकहितका पक्षमा राज्यले नीति र योजना बनाउन सक्ने बताए । साथै उनले समाज र घरपरिवारमा अझैपनि अपांगता भएका व्यक्तिहरुको पहिचान गरी अभिलेखिकरण गर्न चुनौतीपूर्ण भएको भन्दै सबैको सहयोगले विवरण स्पष्ट रुपमा प्राप्त गर्न सहज हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनधित्व गर्दै सहभागीहरुले स्वास्थ्य स्वयं सेविका, स्थानीय एफएम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जालहरुमार्फत समेत जनचेतना जगाई अपांगता भएकाहरुको पूर्ण विवरण संकलनका लागि पहल गर्न सकिने धारणा राखेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.