www.tandavnews.com
Fact ~ In search of truth

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई २ लाख आर्थिक सहयोग हस्तान्तरण

दार्चुला

गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु २ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गरेको हो ।

Batas

मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम संकलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम संकलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।

सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उनले आग्रह गरे । रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.