www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिको पहिलो तथ्यांक लिएर १२ औँ राष्ट्रिय जनगणना– २०७८ को औपचारिक शुभारम्भ

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संककलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्यांक विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्यांक संकलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो । तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्यांक लिएर राष्ट्रिय जनगणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताए । उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्यांककमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।

Batas

तथ्यांक विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्यांक संकलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.