www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा दैनिक ४० हजार नयाँ संक्रमित थपिँदै

लण्डन, सिन्ह्वा

बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १ लाख ४२ हजार ३३८ पुगेको छ । संक्रमित भएका मध्ये ८ हजार ८५९ जना अस्पतालमा रहेका छन् । संक्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ । देशभरीका १२ वर्षमाथि बढी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसंख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।

Batas

सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो संख्यामा मानिसहरु संक्रमित भएको देखिए पनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.