www.tandavnews.com
Fact ~ In search of truth

प्रभु बैंकको शेयर कारोबार रोक्काः नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौँ

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।

बैंकले गत मंगलबार कारोबार भइरहेको समय ‘दिउँसो १ देखि ३ बजे’ मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली– २०७५ को विनियम १६ ‘१’ ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर ७ दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।

Batas

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.