www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशनका लागि एमालेले संगठित सदस्यबाट १ सय लेबी उठाउने

काठमाडौं

नेकपा ‘एमाले’ ले आगामी मंसिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका संगठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी संगगित सदस्यबाट न्यूनतम रु १ सय लेबी उठाउने भएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी संगठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिए । ‘महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ,’ उनले भने, ‘संगठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी संगठित सदस्यबाट पैसा उठाउँछौ ।’ एमालेका करिब ७ लाख ३० हजार पार्टीका संगठित सदस्य रहेको बताइएको छ ।

Batas

पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु ३ हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु २ हजारका दरले महाधिवेशन शुल्क तोकेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.