www.tandavnews.com
Fact ~ In search of truth

मुलुकभर पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमित थपिए, ६ को मृत्यु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ९ हजार ६०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, ३ हजार ४४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २७९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

यसैगरी नेपालमा हालसम्म ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.