www.tandavnews.com
Fact ~ In search of truth

हिमाली साँस्कृतिक परिवारको सहयोगः ‘एक घर एक फिल्टर’

पोखरा, ताण्डव न्यूज

लम्जुङमा क्रियाशिल हिमाली साँस्कृतिक परिवारले मध्य नेपाल नगरपालिका ८ डडुवा दुर्छा टोलमा ५० हजार बराबरको फिल्टर सहयोग गरेको छ ।

तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट करापु स्वास्थ्य चौकीलाई १ र ३५ घरधुरीलाई ‘एक घर एक फिल्टर’ बुधबार एक कार्यक्रमको आयोजना गर्दै सहयोग गरेको हो । सहयोग फिल्टर परिवारका अध्यक्ष राजीव गुरुङ तथा प्रमुख अतिथीसमेत रहेका स्वास्थ्यकर्मी आईत कुमारी गुरुङलगायतले दुर्छा टोलबासीलाई हस्तान्तरण गरेका हुन् ।

Batas

सो अवसरमा बोल्दै प्रमुख अतिथी गुरुङले स्थानीय परिवारले गरेको सहयोगको कुनै मुल्य नरहेको बताईन् । उनले सो सामाजिक कार्यले सकारात्मक सन्देश दिने बताउँदै फिल्टरको सही सदुपयोग गर्न स्थानीयबासीलाई सुझावसमेत दिएकी थिईन् । त्यसैगरी डदुवा दुर्छा आपतकालिक राहत कोषका संयोजक कर्ण गुरुङले साँस्कृतिक परिवारले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नै गाउँमा सहयोग गर्नु उदाहरणीय कार्य रहेको धारणा राखेका थिए ।

सोही कार्यक्रममै आपतकालिन राहात कोषका लागि परिवारका सक्रिय सदस्य सुमन गुरुङले १० हजार र साँस्कृतिक परिवारले ५ हजार ५ सय रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरिएको थियो । साँस्कृतिक परिवारले गत वर्षसमेत देउसीभैलो कार्यक्रमबाट संकलित रकमले समुद्री सतहदेखि १८ सय मिटर उचाईमा रहेकोे सिमीभुमी मन्दिरमा खानेपानी पुर्याएको थियो ।

साँस्कृतिक परिवारका अध्यक्ष राजीव गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन परिवारका सचिव सोमबहादुर गुरुङले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.