www.tandavnews.com
Fact ~ In search of truth

आज प्रतितोला रु ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ

नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

Batas

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर १ हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु १ हजार २७० मा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.