www.tandavnews.com
Fact ~ In search of truth

जनगणनामा कास्कीमा खटिए ८ सय ४५ जना गणक

पोखरा, ताण्डव न्यूज

कास्कीमा बिहिबारदेखि सुरु भएको जनगणना अन्र्तगत टोलटोलमा पुगेर गणकहरुले विवरण संकलन गरिरहेका छन् ।

कास्कीका ४ वटै गाउँपालिका र एउटा महानगरपालिकामा जनगणना सूचारु रहेको गण्डकी प्रदेश जनगणना अधिकारी जग्गुलाल बस्यालले जानकारी दिए । उनका अनुसार यसपटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५ वटा र मुख्य प्रश्नावलीमा ५५ प्रश्नसहित गणकहरु खटिएका छन् ।

Batas

गण्डकी प्रदेशमा जस्तै कास्कीमा पनि सुगम र विकट छुट्याएर गणकहरुलाई खटाईएको उनले बताए । ‘एकजना गणकले सरदर १५० देखि २४० परिवारको तथ्यांक संकलन गर्नेगरी खटाएका छौँ उनले भने कुनै ठाउँमा बस्ती पातलो छ, कतै घना बस्ती छ त्यो सबै हेरेर तयार पारिएको नक्सा अनुरुप गणकहरु खटिनुभएको छ ।’

एकै व्यक्तिको २ ठाउँबाट गणना हुने सम्भावना नहुँने बस्यालले बताए । ‘जो मानिस ६ महिनाभन्दा धेरै जहाँ बसोबास गर्छ, त्यहीबाट उसको गणना हुन्छ ।’ उनले भने ।

आगामी मंसिर ९ सम्म चल्ने मूल गणनामा कोही नछुट्न, कोही नदोहोरिन उनले आग्रह गरे । बस्यालले दिएको जानकारीअनुसार कास्कीमा ८ सय ४५ जना गणकहरु खटिएका छन् । त्यस्तै गणकहरुलाई सुपरिवेक्षण गर्नका निमित्त लागि १ सय ९० सुपरीवेक्षक तोकिएको छ । जनगणनामा खटिएका कोही गणक अचानक बिरामी परेको खण्डमा तत्काल सोको पूर्तिका लागि २० जना तयारी अवस्थामा राखिएको बस्यालले बताए ।

यसअघि भएको घरपरिवार सूचीकरणका क्रममा कास्कीमा १ लाख ४५ हजार घरधुरीको तथ्यांक संकलन गरिएको छ । तीमध्ये १ लाख १६ हजार घरमा १ लाख ६८ हजार परिवार रहेको देखिएको छ । कास्कीमा यसपटक करिब २ लाखको मानिसहरुको संख्या बढ्ने अनुमान गरिएको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा कास्कीको जनसंख्या ४ लाख ९२ हजार थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.