www.tandavnews.com
Fact ~ In search of truth

मानवीय सहायताको काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, सिन्ह्वा

संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो । इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका पठाइएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो ।

ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले प्रवक्ताले माग गरेका छन् ।उनले बिहीबार विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारीसाधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेको हो । इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।

Batas

तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार एक विज्ञप्तिमार्फत् भनेका छन् यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारी साधनहरु नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त रिहा मुक्त गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनु पर्छ ।

उनले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् ।

इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.