www.tandavnews.com
Fact ~ In search of truth

फिजियोथेरापी संघ गण्डकीको अध्यक्षमा तिवारी

कस्तो अवस्थामा गर्नुपर्छ फिजियोथेरापी ?

पोखरा, ताण्डव न्यूज

फिजियोथेरापी संघ गण्डकी प्रदेशको तेश्रो महाधिवेशनले शिवप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार पोखरामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विवेक लम्साल, सचिवमा सुरेस पहाडी, कोषाध्यक्षमा प्रविण त्रिपाठी चयन भएका छन् । सदस्यहरुमा किशोर पराजुली, सरोज थापा, हरिशचन्द्र जोशी, चन्द्रबहदुर खत्री, सुनिल न्यौपाने, सुरक्षा पराजुली र मनिषकुमार शाह चयन भए ।

Batas

यसअघि कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खड्क गुरुङले फिजियोथेरापीको सेवा र यसको महत्वबारे आम जनमानसमा जानकारी पुर्याउन संघले थप पहल गर्नुपर्ने बताए । “हामीहरुलाई भाईरल नै त हुनु छैन तर हामीले दिने सेवाहरुबारे सबैलाई जानकारी गराउनुचाहिँ आवस्यक छ” उनले भने । स्वास्थ्यको क्षेत्रमा फिजियोथेरापीको महत्व सबैले बुझ्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले शहर केन्द्रित फिजियोथेरापी सेवालाई ग्रामिण भेगसम्म पुर्याउन संघले पहल गर्नुपर्ने बताए । फिजियोथेरापी अन्तिम विकल्पको रुपमा मात्र जाने हो भन्ने आम मानिसहरुको बुझाई रहेको भन्दै पत्रकार श्रेष्ठले यसबारे आवस्यक जनचेतना जगाउन संघको नयाँ कार्यसमितिलाई सुझावसमेत दिए । साथै अहिले धेरै मानिसहरुको ध्यान योग, साधनातिर गएको भन्दै श्रेष्ठले फिजियोथेरापी सेवालाई पनि योगासंगै अघि बढउन सके आम मानिसहरुमा यसबारे थप चासो बढ्न सक्ने उनको भनाई थियो ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष शिवप्रसाद तिवारीले आफ्नो कार्यकालका योजना तथा प्रतिवद्दता व्यक्त गरे । उनले कम्तिमा महिनाको एकपटक फिजियोथेरापी सम्बन्धि कुनै न कुनै कार्यक्रम आयोजना गर्ने, आम जनमानसमा जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सेवाभावले काम गर्ने र फिजियोथेरापी सेवामा लगेका सम्पूर्ण चिकित्सकहरुमा सीपको विकास गराउँदै संघ र व्यक्ति सक्षम बनाउन पहल गर्ने बताए ।

बिरामीले कस्तो अवस्थामा गर्ने फिजियोथेरापी ?

दैनिक क्रियाकलापमा गर्न गाह्रो भएमा, छातीको समस्या, हातखुट्टा लस गर्ने, पक्षघातको समस्या भएमा पनि फिजियोथेरापी गर्न जानुपर्ने हुन सक्छ ।

– प्यारालाइसिस भइरहेको छ दैनिक क्रियाकलाप गर्न अप्ठ्यारो आवश्यक आधारभूत आवश्यकता ‘बेसिक रिक्वायरमेन्ट’ सिक्नका लागि पनि फिजियोथेरापिस्ट कहाँ जानुपर्ने हुन्छ ।

– लामो अशक्तता बिरामी भए त्यस्तो जति सक्दो चाँडो फिजियोथेरापी गर्नु बेस हुन्छ । प्यारालाइसिस भयो यत्तिकै फिजायोथेरापी वा व्यायाम नगरी बसेमा परमानेन्ट डिसएबिलिटी हुन सक्छ । हात खुट्टा टेक्न नसक्ने, नचल्ने, बांगिन सक्छ ।

– पहिले फिजियोथेरापी सेवा लिइरहेको बीचमा छुट्यो, सहनै नसक्ने गरी दुखाई बेस्सरी छ, कम्मर ढाड दुखेको नशा च्यापिएको भए पनि जानुपर्छ ।

– पक्षघात ‘स्ट्रोक’ भएमा, सुतेर उठ्दा रिंगटा लागेमा ‘भर्टिगो’, उठेर बस्दा, अगाडि हिँड्दा चक्कर लाग्ने, लड्ला जस्तो भएमा पनि जानुपर्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.