www.tandavnews.com
Fact ~ In search of truth

१ सय ८४ किलो चरेससहित ३ जना पक्राउ

गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद

चितवन

रत्ननगर इलाका प्रहरी कार्यालयले आज १ सय ८४ किलो ३५० ग्राम चरेससहित ३ जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका– १४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो । पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । उक्त घटनामा सम्लग्न अन्यको खोजी भइरहेको जनाइएको छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.