www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेटः मुलुकभर २ सय ६० जना नयाँ संक्रमित, २ को मृत्यु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ५ हजार २२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, ३ हजार १८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७२ पुगेको छ ।

Batas

यसैगरी देशमा हालसम्म ७ हजार २७८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.