www.tandavnews.com
Fact ~ In search of truth

चापापानी स्थित गौचनको घरबाट १८ लाख नगदसहित ६ जना जुवा खेल्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार मध्यराति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका- १२ चापापानी स्थित नविन गौचनको घरमा तास खेलिरहेका ६ जनालाई १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले उक्त स्थानमा जुवा खेल्नकै लागि सिसिटिभी जडान गरी संगठित रुपमा जुवा खेल्ने खेलाउने गरेको प्रवक्ता हमालले बताए । पक्राउ परेका उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

पक्राउ पर्नेमा मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं- ३ घर भइ हाल पोखरा- १२ चापापानी बस्ने ३२ वर्षीय नविन गौचन, कास्की मोदी गाउँपालिका वडा नं- १० घर भइ हाल पोखरा- १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा- १९ घर भइ हाल पोखरा– १६ दिप बस्दै आएका ३५ वर्षीय श्याम श्रेष्ठ पोखरा- १२ फुलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा- १२ माटेपानी बस्ने ३८ वर्षीय सूर्य गुरुङ, दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं-८ घर भइ पोखरा- २६ बिजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना रहेका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.