www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजबाट १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

जीवन सुवेदी/ताण्डव न्यूज

पोखरामा आजबाट १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ मा खोप लगाउने तयारी पूरा भएको अस्पतालका निर्देशक डा. भरत खत्रीले ताण्डव न्यूजलाई जानकारी दिए ।

अहिले बिहान १० बजेदेखि खोप कार्यक्रम सुरु हुने उनले बताए । खोप कार्यक्रमको सहजिकरणका लागि एकजना डाक्टर, एकजना खोप सुरपरभाईजर र दुई जना खोप लगाउने व्यक्तिलाई तालिम दिईएको उनले जानकारी दिए । “हामीले ४ जनालाई तालिममा पठाएका थियौँ, उहाँहरु तालिम लिएर आईसक्नुभएको छ” उनले भने । अन्य खोपको तुलनामा फाइजर खोप लगाउने तरिका फरक भएका कारणले सरकारले तालिम दिएको हो ।

Batas

पोखरामा पहिलो चरणमा १५ देखि १८ सय मात्रा खोप लगाईने उनले बताए । अहिले १५ देखि १८ सय मात्रा खोप लगाउने योजना हो उनले भने “मुटुरोगी, दमका रोगी, क्यान्सर, मिर्गौला, मधुमेह, रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेका लगायतका बालबालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ ।” उनीहरुलाई लगाएर बाँकी रहेको खण्डमा अरु बालबालिकालाई पनि खोप लगाईने निर्देशक डा. खत्रीले बताए ।

अमेरिकाले उपलब्ध गराएको १ लाख ६ सय २० मात्रा फाइजर खोप देशभरका बालबालिकाहरुलाई लगाउन थालिएको हो । खोप केन्द्रमा जाँदा चिकित्सकले प्रिस्काइब गरेका पुर्जा वा चिकित्सकले उपचार गरिरहेको कागज लिएर जान डा. खत्रीले आग्रह गरेका छन् । सरकारले फाइजरको खोपलाई ९५ प्रतिशत प्रभावकारी रहेको बताएको छ ।

सरकारले खोप लगाउनका लागि देशभर २४ खोप केन्द्रहरू तोकेको छ । मेची अस्पताल, कोशी अस्पताल, वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल, वीपि कोइराला क्यान्सर अस्पताल भरतपुर, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धवलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, सेती अस्पताल रहेका छन् ।

यस्तै काठमाडौं उपत्यकामा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती सेवा अस्पताल, शहिद गंगालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र धुलिखेल अस्पतालमा गएर खोप लगाउन पाइनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.