www.tandavnews.com
Fact ~ In search of truth

कार दुर्घटनामा चालकसहित ४ को मृत्यु, प्रारम्भिक अनुसन्धान भन्छः अत्याधिक मदिरासेवनकै कारण दुर्घटना

रौतहट

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए ।

Batas

प्रहरीले घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु भइसकेको थियो । गाडीमा ४ जना सवार रहेको र चारै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरुको साथबाट फेलापरेको कागजात अनुसार मृतक सबै भारतीय नागरिक हुनसक्ने देखिएको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त कारलाई राति नै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोररियाले बताए ।

प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको र चालकले पनि मदिरा सेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.