www.tandavnews.com
Fact ~ In search of truth

फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुब्दा २२ वर्षे पुनीको मृत्यु

पोखरा, ताण्डव न्यूज

कास्की पोखरा महानगरपालिका १७ पावरहाउस नजिक फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।

भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा डाक्टर कोर्ष प्रथम वर्षमा अध्यायनरत वर्ष २२ को विश्वास पुनी पौडी खेल्न गएकोमा अचानक डुबी बेपत्ता भएका थिए ।

Batas

उनको उद्दारका लागि उक्त स्थानमा कास्की प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल पुनीलाई फेला पारेको थियो । उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.