www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिड अपडेटः पछिल्लो २४ घण्टामा ३१ जना संक्रमित

पोखरा, ताण्डव न्यूज

पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार २९९ जनामा गरिएको नमूना परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार २४ घण्टामा ४३ जना निको भएर फर्किएका छन् । आज नवलपूर पूर्व ५, स्याङ्जा ३, कास्की २२ र लमजुङ १ जनामा संक्रमण पुष्टि भएको छ । अहिले प्रदेशभर ३६९ जना सक्रिय संक्रमित रहेका छन् ।

Batas

गण्डकीमा कोभिडबाट निको हुने ९७.९९ प्रतिशत, सक्रिय संक्रमित ०.४१ प्रतिशत र मृत्यु हुने १.६० प्रतिशत रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.