www.tandavnews.com
Fact ~ In search of truth

परम्परागत सीपकै आधारमा जुत्ताचप्पल सिलाउँदै पाल्पाको सार्की समुदाय

पाल्पा, ताण्डव न्यूज

पाल्पाका सार्की समुदायले परम्परागत सीपकै आधारमा जुत्ताचप्पल सिलाउने गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जुत्ता सिलाउने, मर्मत गर्ने पेशामा ७ जना सक्रिय छन् ।

६८ वर्षदेखि जुत्ता चप्पल सिलाएर गुजारा चलाउँदै आएका पाल्पाको भुवनपोखरीका ७८ वर्षका पुर्णबहादुर सार्कीले पुुख्र्यौली पेशा दुःखमा जीवन धान्ने आधार बनेको बताए । १० जनाको परिवार हुर्काउने, बढाउनेदेखि उनीहरूका आवश्यकता पूरा गर्न आफ्नो पेशाले सघाउ पुगेको उनको भनाइ छ । पुख्र्यौली पेशा अपनाउँदै आएका उनीहरूलाई स्थानीय तहले सहयोग नगरेको गुनासो छ । गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत लिलामणी बस्यालले कार्यक्रम माग गरे सहयोग गर्ने बताए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.