www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

कास्की

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १ (क) मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए । यसैगरी १ को (ख) बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएको कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क) बाट दिनेश आचार्य सभापतिमा विजयी भए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भए । यसैगरी क्षेत्र नं २ को (ख) बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन् ।

Batas

कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गंगाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएको हो । क्षेत्र नं ३ को (ख) बाट जीवनाथ पौडेल निर्वाचित भए । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएको जनाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.