www.tandavnews.com
Fact ~ In search of truth

चन्द्रागिरीको डाँडामा योगगुरु रामदेवको योग तथा ध्यान प्रशिक्षण

काठमाडौँ

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरी डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् ।

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरी रिसोर्टमा बसेका हुन् । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरेको थियो ।

Batas

रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरीमा योग ध्यान तथा योग प्रशिक्षण गराएको हो । शनिबार बिहान चन्द्रागिरी डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान ५ बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो ।

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव र पतञ्जलि योगपीठका गुरु आचार्य बालकृष्ण ।

शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए । त्यस प्रशिक्षणमा योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी थिए ।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरीको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गरेको थियो । रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.