www.tandavnews.com
Fact ~ In search of truth

बेलुन उडाउँदै एमाले महाधिवेशनको प्रचार

काठमाडौँ

नेकपा ‘एमाले’ ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाएको हो । बेलुनमा १० औं राष्ट्रिय महाधिवेशन अंकित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।

आजै युवा संघ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल ¥याली गरेको छ । संघका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.