www.tandavnews.com
Fact ~ In search of truth

व्यावसायिक महिला क्लबद्धारा पर्वतमा निः शुल्कआँखा शिविर

आठ सय ९२ जनाको आँखा परिक्षण, ७७ जनाको अप्रेशन

पोखरा, ताण्डव न्यूज

पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परिक्षणपछि समस्या देखिएकाहरुको अप्रेशनसमेत गरिएको थियो ।

क्लबले जर्मनीका माईकल बाउर र साथिहरुसँगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर सम्पन्न गरेको हो । शिविर संचालनका लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्वर अफ कर्मश र बुर्तिबाङ राईजिङ युथ क्लबले सहयोग गरेका थिए ।

Batas

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सगै स्थानिय वासिन्दा सगै वरिपरिका क्षेत्रवाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंव निशुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन । शिविरमा आठ सय ९२ जनाको आँखा परिक्षण सगै आवश्यक औषधी वितरण गरिएको थियो । आँखा जाच गरेकाहरुमध्ये ७७ जनाको आँखामा समस्या देखिएपछि उनिहरुको अप्रेशन गरिएको संयोजक पराजुलीले जानकारी दिईन । ७७ जनामध्ये सात जनाको दुबै आँखाको अप्रेशन गरिएको थियो । विगत केही समयदेखी आँखाका कारण समस्यामा परेकाहरु शिविरमा उपचार पछी आँखा देख्न सफल भएका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिब इन्दु भट्टराई र सदस्य रजनी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । क्लवले यस अघि पर्वतको मोदि गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयमा, पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा, पर्वतको मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशि लगायतका स्थानमा नि शुल्क आँखा शिविर संचालन गरिसकेको छ ।

यसै गरि हिमालय आँखा अस्पताल पोखरालाई करिव आठ लाख मुल्य बरावरको आँखा जाच्ने मेसिन सहयोग गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.