www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, १ हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

Batas

यसैगरी देशमा हालसम्म ७ हजार १६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.