www.tandavnews.com
Fact ~ In search of truth

आजको मौसमः गण्डकीको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

पोखरा
ताण्डव न्यूज ।

मौसम पुर्वानुमान महाशाखाले आज गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भु भागमा आंशिक बदली रहेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु(भागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Batas

यस्तै राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.