www.tandavnews.com
Fact ~ In search of truth

रिजन ढुंगानाको नेतृत्वमा युथ थिंकर्स सोसाईटी- पोखराको नयाँ कार्यसमिति चयन

पोखरा, ताण्डव न्यूज

विगत लामोसमयदेखि पोखरामा वैचारिक बहस, नमूना संयुक्त राष्ट्र संघलगायतका ज्ञान उत्पादनको क्षेत्रमा काम गरिरहेको संस्था युथ थिंकर्स सोसाईटी–पोखराको नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको ५ औं साधारणसभामार्फत रिजन ढुंगाना ‘दर्शन’ को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा सबिना श्रेष्ठ, सचिवमा दिपा अधिकारी, सह–सचिवमा विवेक पौडेल र कोषध्यक्षमा दिपिका पराजुली चयन भएका हुन । त्यसैगरी, कार्यसमति सदस्यमा भूमिका थापा, आकृति पण्डित, प्रतिक पौडेल, अदित आचार्य, रोहित दाहाल र विजया कुमारी भट्टराई चयन भए ।

Batas

साधारण सभामा संस्थाका सल्लाहकार प्रविण गिरीले नयाँ समितिले संस्थाको गरिमालाई अझै उच्च बनाउने विश्वास रहेको बताए । ‘पोखरा बोल्छ’, ‘५ प्रश्न’ जस्ता वैचारिक कार्यक्रम आयोजना गर्ने उक्त संस्थाले आगामी दिनमा थप सुदृढ र नयाँ किसिमका कार्यक्रम गर्ने कार्ययोजना समेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.