www.tandavnews.com
Fact ~ In search of truth

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता- २०७८’ हुँदै

काठमाडौँ

नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मंसिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगिता आर्मी अफिसर्स क्लबका दुई कोर्ट र नेपाल लन टेलिस संघको दशरथ रंगशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए । खुलातर्फ पुरुष सिंगल र डबल, महिलातर्फ सिंगल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिंगल तथा डबल प्रतियोगिता हुने छन् ।

Batas

मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लन टेनिस संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुल्ला हुने छ । तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लबबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिंगलतर्फ रु एक हजार ५०० सय र डबलका लागि रु दुई हजार दर्ता शुल्क कायम गरिएको छ ।

प्रतियोगितामा मेन्स र विमन सिंगल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्राप्त गर्ने छन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनर अप तथा सेकेन्ड रनरअफ हुनेलाई क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ ।

भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिंगलतर्फ विजयी, रनरअप र सेकेन्ड रनर अप हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र १५ हजार प्राप्त गर्ने छन् । संघका अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताए ।

महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताए । कार्यक्रम चलाउन एउटामात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५÷४९ प्रशिक्षक र पाँच छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । संघका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हुँदै आए पनि मुलुकका मुख्य–मुख्य सहरमा मात्रै सीमित रही आएको बताए ।

हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ वीमन सिंगल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिए । विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.