www.tandavnews.com
Fact ~ In search of truth

शक्तिपीठ ताकमकोतमा भक्तजन र पर्यटक बढे

म्याग्दी

पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । पूजाआजा र अवलोकनका लागि आउने भक्तजन बढेका ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए ।

“२ वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो”, उनले भने, “अहिले दैनिकजसो भक्तजन आउँछन् ।” नजिकका भक्तजन सडकमार्ग भएर गाडीमार्फत र टाढाका हेलिकोप्टर चढेर आउन थालेका उनले बताए । गत हप्ता नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल हेलिकोप्टर चढेर पूजाआजाका लागि परिवारसहित ताकमकोत पुगेको थियो । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

Batas

पछिल्लो समय पूजाआजा नभएको र मेला नलागेको समयमा पनि दैनिकजसो भक्तजन आइरहेका पुजारी पौडेलले बताए । ताकम र देवीस्थान हुँदै कोत परिसरमा पुग्ने दुई सडक निर्माण भएका छन् । सडकबाट कोतसम्म पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोतघरका रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन् ।

समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ«े हिमशृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर करिब रु ८० लाखमा दुई वर्षअघि ताकमकोतको कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो । सोह्रौँ शताब्दीमा निर्माण गएिको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो ।

ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनानुसार पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको पुनःनिमाण समितिका अध्यक्ष तेजिन्द्र थापाले बताउनुभयो । “रु दुई करोड ५० लाख लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी खर्च भएको छ”, उहाँले भन्नुभयो “धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि लगानी गरेका छन् ।”

पुरातत्व विभागले गत वर्ष विनियोजन गरेको रु ५० लाखबाट ठेक्कामार्फत सुरु गरेको अर्को मन्दिर निर्माण भने अलपत्र परेको छ । तामाले छाउने डिजाइन भएको मन्दिरमा जस्तापाता राखेकाले स्थानीयवासीले विरोध गरेपछि काम छाडेका निर्माण व्यवसायी अधकल्चो मन्दिर छाडेर सम्पर्कविहीन बनेका वडासदस्य देवेन्द्र थापाले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.