www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय जनगणनामा सहभागी नहुने घोषणा गरेका कायत समुदाय मत गणनामा सहभागी हुने

बलेवा

राष्ट्रिय जनगणना-२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका-७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् ।

राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने जानकारी कायत एकता समाजले कात्तिकको अन्तिम साता दिएको थियो । जातीय पहिचानका आधारमा सरकारले विभिन्न स्थानमा आरक्षणलगायत छुट दिँदै आएको भए पनि पहिचानविहीन भएको भन्दै कायत समुदायले जनगणना बहिष्कार गर्ने निर्णय गरेका थिए ।

Batas

तथ्याङ्क कार्यालयका प्रमुख मुकुन्दप्रसाद शर्मा लगायतको टोलीले मङ्गलबार उनीहरुसँग भेटघाट गरेको थियो । भेटघाटका क्रममा कायत समुदायको पहिचानका लागि पहल र विभिन्न ठाउँमा सिफारिस गर्ने प्रतिबद्धता जनाएपछि जनगणनामा सहभागी हुन राजी भएको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिए । “जिल्ला तथ्याङ्क कार्यालय बागलुङको टोलीले हामीहरुसँग बैठक बसेर पहल गर्छु भनेपछि हामी जनगणनाका लागि राजी भएका छौँ”, कायत भन्छन्, “पहल गर्छौं भनेर प्रतिबद्धता जनाएपछि मात्र जनगणनामा सहभागी हुन हामी राजी भएको हौँ ।”

हाल ढोरपाटनमा कायत समुदायका करिब ८० घरपरिवार बसोबास गर्दै आएका छन् । कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् । कायत नौथर समुदायभित्र पर्दछन् । नौथरभित्रकै पसाई र पुजाय थर लोप भइसकेका छन् । सहमतिपछि बुधबार उनीहरुको जनगणना गरिने शर्माले तथ्याङ्क तथा जनगणना कार्यालयका प्रमुख शर्माले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.