www.tandavnews.com
Fact ~ In search of truth

भारतमा दैनिक थप ९ हजार नयाँ संक्रमित

नयाँ दिल्ली, एएनआई

भारतमा कोरोनाभाइरसबाट थप नौ हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ संक्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना संक्रमित अवस्थामै रहेका छन् । यो संख्या ५३७ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कम हुँदै गएको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.