www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशनको तयारी अन्तिम चरणमाः एमाले, अध्यक्ष ओली चितवन जाँदै

पोखरा, ताण्डव न्यूज

नेकपा एमालेले दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । भोलिबाट सुरु हुने महाधिवेशनका लागि उद्घाटन स्थल र बन्द सत्र स्थलको बाँकी काम आजसम्म सकिने नेकपा एमालेले जनाएको छ । नेकपा एमाले निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले सीआईएनसंग कुरा गदै महाविधेशनमा सुरक्षाका लागि ५ हजार स्वयम् सेवक खटाइने जानकारी दिए ।

एमालेले उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स राखिने जनाएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको एमाले निर्वाचन समितिले जनाएको छ । यसैबीच नेताहरु आ–आफ्नो समुह बनाएर पदाधिकारीको लागि उम्मेद्वारी दिने तयारी पनि गरिरहेका छन् । ताण्डव न्यूजसंग कुराकानी गर्दै एमालेका नेता सुवास चन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा लागि आफुले सर्बसम्मतिका लागि प्रयास गर्ने नभए चुनाव पनि लड्ने बताए ।

Batas

उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा र नेता महेश बस्नेतले सचिव पदमा यसअघि नै उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । अरु कसैले पनि खुलेर आफ्नो उम्मेद्वारी घोषणा गरेका छैनन् । तर भित्रभित्रै छलफलमा भने जुटेको बताएका छन् । यसैबीच महाधिवेशन उद्घााटनका लागि अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै छन् । ओली विहान ११ बजे चितवन पुग्ने कार्यक्रम छ । उनी आज चितवनमा हुने केही कार्यक्रममा सहभागी समेत हुनेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.