www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा कोरोनाका कूल संक्रमित संख्या १ करोड पुग्यो

लन्डन, सिन्ह्वा

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना संक्रमित भएपछि कूल संक्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेको छ । यहाँ बुधबार ४३ हजार ६७६ जना थप व्यक्ति संक्रमित भएका समाचारमा उल्लेख छ । बेलायतमा एक लाख ४४ हजार २८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Batas

बेलायतमा बुधबार मात्र १४९ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार २८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १२ वर्षमाथिका झन्डै ८८ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । २७ प्रतिशत भन्दा बढीले तेस्रो डोज खोप पनि लगाएको समाचारमा जनाइएको छ ।

पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.