www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप एसिया छनोटः नेपालद्वारा कुवेत ९ विकेटले पराजित

काठमाडौँ

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ ।

संयुत अरब इमिरेट्स ‘युएई’ को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

Batas

त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए ।

कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले अब भोलि मलेसियासँग खेल्नेछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.