www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप छनोटः नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आइसीसी एकेडेमी मैदानमा कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । छनोटअन्तर्गत यसअघि खेलिएका तीन खेलमध्ये नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

Batas

नेपाल पहिलो खेलमा हङहङसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । नेपालको चार अङ्क छ । यता मलेसियाले भने तीन खेलमध्ये एक खेलमा जित हात पारेको छ । मलेसियाको दुई अंक छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.