www.tandavnews.com
Fact ~ In search of truth

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न प्रम देउवा चितवनमा

चितवन

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुगेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएको हो । केही बेरमा उनी कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नेछ ।

Batas

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्किने छन् । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.