www.tandavnews.com
Fact ~ In search of truth

१ लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित डुन्डु गुरुङ पक्राउ

पोखरा, ताण्डव न्यूज

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले आज ११ गते अवैध अमेरिकी डलरसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हंशपुर र वप्रका गगनगौंडाबाट खटिएको संयुक्त प्रहरीको टोलीले छिरिङलाई १ लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नं- ३३ स्थित काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको सवारीसाधन चेकजाँच गर्ने क्रममा जिल्ला मुस्ताङ लो-घेकर दामोदर कुण्ड गापा वडा नं – १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा मनपा वडा नं- ९ शिवालयचोक बस्ने ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

Batas

प्रहरीले गुरुङबाट अवैध १ लाख ९४ हजार २ सय अमेरिकी डलर, १ थान नागरिकताको प्रमाणपत्र, १ थान चेकबुक र २ वटा मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका निज उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.