www.tandavnews.com
Fact ~ In search of truth

अल्पविरामको लघुकथा संग्रहः अनुभूतिका रंगहरू’ सार्वजनिक

गण्डकी

साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रंगहरू’ लघुकथा संग्रह लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरे ।

आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै उनले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको बताए । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ क्रियाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनले बताए ।

Batas

साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताउँदै लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको उल्लेख गरे । कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाउँदै समाजमा देखे भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेको बताए ।

अप्पविरामका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन् ईरश्वर छैनन् गरी दुई कविता संग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी दुईवटा मुक्तक संग्रह प्रकाशित छन् । साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए । लघुकथा समाज, प्रदेश नं १ की अध्यक्ष ममता मृदुल, लघुकथा प्रतिष्ठान पोखराका संस्थाका सचिव कल्याण पन्त, सदस्य रुपिन्द्र प्रभावी, सदस्य विष्णु बाँस्तोला लगायतले लघुकथाको साहित्यिक महत्वका विषयमा आफ्ना धारणा राखे ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.