www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेटः आज २२ जनामा संक्रमण पुष्टि, २८ जना संक्रमणमुक्त

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका १६८ जनामा गरिएको नमुना परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकीका ३ जिल्लामा मात्र संक्रमण पुष्टि भएको छ । कास्की १७, नवलपुर पूर्व २ र स्याङ्जा ३ जनामा गरी कुल २२ संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट २८ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३१४ पुगेको छ। अहिले प्रदेशभर १५८ सक्रिय संक्रमित छन् । साथै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ८८८ पुगेको छ । यस्तै कुल मृत्यु हुनेको संख्या १,४१६ रहेको छ ।

Batas

यसै गरी गण्डकीमा आज संक्रमणबाट १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । गण्डकीमा निको हुने दर ९८.२१ प्रतिशत, संक्रमणदर ०.१८ प्रतिशत र मृत्युदर १.६१ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.