www.tandavnews.com
Fact ~ In search of truth

नाडा निर्वाचनका लागी देशभर हाम्रो पक्षमा राम्रो माहोल बनेको छ: व्यवसायी थापा

पोखरा
ताण्डव न्यूज ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेली व्यवसायी ध्रुब थापाले देशभर आफूहरुको पक्षमा माहौल बनिरहेको दाबी गरेका छन् । देशका विभिन्न ठाउँमा पुगेर माहोल हेरिसकेपछि पोखराका व्यवसायीहरुसंगको छलफलपछि थापा समूह आफूहरुको पक्षमा माहोल राम्रो बनेको निष्कर्षमा पुगेको हो ।

ताण्डव न्यूजसँग कुरा गर्दे व्यवसायी थापाले आफूहरुको पक्षमा माहोल निकै राम्रो रहेको प्रतिक्रिया दिए । उनले भने “हामी धेरै व्यवसायीमाझ पुगिरहेका छाैँ, देशभर माहौल राम्रै देखिएको छ” । समूहले निर्वाचनको मिति नजिकिएसँगै पोखराका अटोमोवाइल व्यवसायीबीच पुगी छलफल तथा अन्र्तक्रिया समेत गरेको छ ।

Batas

यहि मंसिर २३ र २४ गते हुने नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थापा लगायतका उनको सम्पूर्ण उम्मेद्वार सदस्यसहित भएको कार्यक्रमा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरू सहभागीता रहेको थियो ।

साथै उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वाध्यक्षहरूको स्पष्ट समर्थन थापा समूहलाई रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चार मन्त्री बिन्दुकुमार थापा, लायन्स मल्टिपल ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार थापाले आफु र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरू, नाडा अटो सो को प्याटेन्ट लिने देखि लिएर मोफोसलमा पनि केन्द्र कै आयोजनामा अटो शो गरिने अवधारणा, सदस्यहरूको क्षमता अभिबृद्धि गरिने बिषय, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थात रुपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरूको बारेमा आफ्नो धारणा राखेका थिए ।

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरूको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यक्ता रहेको बिषयमा पनि उनले प्रकाश पारे ।

त्यसैगरी अहिले नाडाको सातै प्रदेशमा संगठन बिस्तार भए पनि सबै प्रदेशमा रहेका सबै व्यवसायीलाई समेट्न बाकी रहेको भन्दै, प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरी आर्थिक रूपमा पनि सवल र सक्षम बनाउनु पर्ने आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष उमेद्वार थापाले व्यवहारिक रूपमा आफु र आफ्नो टीमले निर्वाचन जितिसकेको बताउँदै भने, “चुनाव टेक्नीकल विषय भएकाले मतदाताले दिएको मत गणना नभएसम्म जित मान्न नसकिने हुँदा सबै व्यवसायीलाई नाडाको निर्वाचनमा उपस्थित भएर भोट खसाल्न अपिल गर्छु ।”

थापाले चुनावपश्चात आफु लगायत आफ्नो टीमले सम्पूर्ण सानातथा ठुला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधानअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी उम्मेदवारहरूका अनुसार थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, आइएमई, खेतान, अग्नी, बिसाल, ज्योति समूह लगायत बैद्य अर्गनाइजेसन, केडिया अर्गनाइजेसन, कन्टिनेन्टल समूह आदि ठूला व्यवसायीहरूको समेत समर्थन रहेकोले जित सुनिश्चित हुने कुरामा विश्वास रहेको बताए ।

सो अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आफ्नो नाडाका अध्यक्ष पदका उम्मेद्वार थापा एक सक्षम नेतृत्वकर्ता बन्ने र उनको व्यवसायिक यात्राले पनि यसलाई पुष्टि गरेको धारणा राखेका थिए ।
पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापतिले ध्रुव थापा विगत २१ वर्षदेखि पोखराको व्यवसायी संघमा आबद्ध भएको तथा अनुभवी उम्मेद्वार भएकाले उनले नाडाको सफल नेतृत्व गर्ने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल व्यवसायी संघका अध्यक्ष मोहनबाबु खड्काले अध्यक्षका प्रत्यासी थापाको ब्यवसायिक यात्राका साथै पारिवारिक र समाजिक बिषयहरूलाई समेत समेटेर परिचय गराएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.