www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा जीप दुर्घटना, एक जनाको मृत्यु

गलकोट ।

बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।

Batas

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.