www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गता दिवसको अवसरमा पोखरामा ३ दिवसीय कार्यक्रम हुँदै

पोखरा
ताण्डव न्यूज ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्र्तराष्ट्रिय दिवस पोखरामा पनि तीन दिवसीय कार्यक्रम गरी मनाईने भएको छ ।

दिवस मनाउन गठित मूल समारोह समितिले बुधबार पत्रकार सम्मेलन गर्दै ३ दिनसम्म आयोजना गरिने कार्यक्रमहरुबारे जानकारी दिएको हो । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश र ईन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) को समन्वयमा ३ दिनसम्म विभिन्न कार्यक्रम हुने सो अवसरमा जानकारी दिईएको छ ।

Batas

कार्यक्रम अन्र्तगत मंसिर १६ गते विहान ८ बजेदेखि १० बजेसम्म महिला तथा पुरुष ह्विलचियर दौड प्रतियोगिता हुनेछ । न्यूरोड स्थित पोखरा महानगरपालिका गेटदेखि विपिचोकसम्म हुने उक्त दौड प्रतियोगिताका विजेतामध्ये प्रथम, द्वित्तिय र तृतियले क्रमसः नगद ७, ५ र ३ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सोही दिन दिउँसो १२ देखि २ बजेसम्म पोखरा रंगशालामा दृष्टि सम्बन्धि अपाङ्गता भएका महिला पुरुष दौड प्रतियोगिता हुने कार्यक्रम छ । उक्त प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतियलाई क्रमसः नगद ७, ५ र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाईएको छ । त्यसैगरी मंसिर १७ गते मूल समारोहको कार्यक्रम आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

उक्त दिन विहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म पोखराको जिरोकिलोमिटरबाट ¥याली शुरु भएर पृथ्वीचोकमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ । त्यस्तै मंसिर १७ र १८ गते पोखरा १५ स्थित हरियोखर्क अस्पताल परिसरमा रहेको बास्केटबल कोर्टमा प्रथम आईएनएफ ह्विलचियर बास्केटबल प्रतियोगिता गरिने बताईएको छ ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार उक्त प्रतियोगिताका विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतिय टिमलाई नगद १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकाश महाशाखा प्रमुख जमुना पौडेलले कार्यक्रम सफल पार्न सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताईन् । सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभरी हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।

दिवसका लागि यस वर्षको राष्ट्रिय नारा “हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार” तय गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.