www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा १८ वर्षमाथिका सबैलाई ‘बुस्टर डोज’, लकडाउन नगरिने

लन्डन ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बाएका हुन् । उनले भनेका छन् ‘सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिइनेछ ।’

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए । उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि बताए। उनले ‘नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन’ भने ।

Batas

रासस/सिन्ह्वा
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.