www.tandavnews.com
Fact ~ In search of truth

एनआरएनए यूेकेमा कार्यसमिती सदस्यहरू मनोनित

अल्डरसट ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नव निर्वाचित कार्यसमितीले कार्य समितीमा एक प्रवक्ता सहित ५ जना कार्यसमिती सदस्यहरु मनोनित गरेको छ । कार्य समितीले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बु लाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो ।

यसैगरी यहि नोभेम्बर २० मा बसेको कार्य समितीको पुर्ण बैठकले थप तिन जनालाई कार्य समितीको सदस्यमा मनोनित गरे पछि कार्य समितीले पुर्णता पाएको छ । कार्य समितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षेमता ढकाल तथा र ग्याञ्जु शेर्पालाई उहाहरुले नेपाली समाजमा पुर्याउनु भएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरीएको हो ।

Batas

यसअघि प्रवक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यावसायी तथा पुर्व गोर्खा हुन् ।

त्यसैगरी अर्का सदस्य आवेश राई सुचना प्रविधी विज्ञ तथा चार्टड एकाउन्टेन्ट समेत हुन् भने लुईटेल पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् । कार्य समितीमा मनोनित सदस्य श्याम लुईटेलको सम्बन्धमा कार्यसमितीमा परेको उजुरीका सम्बन्धमा एक छानविन समिती गठन भई समितीले छानविन गरीरहेकोले हालसम्म सपथ ग्रहण हुन सकेको छैन ।

गत अगष्टमा नयाँ कार्य समिती निर्वाचित भएर आए पछि समितीले कार्य समितीमा मनोनित गर्ने कार्यका अलावा १८ ओटा विभागहरु त्था टास्कफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको एनआरएनए यूेके अध्यक्ष प्रेम गाहा मगरले जनाए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.