www.tandavnews.com
Fact ~ In search of truth

महानगरकाे आश्वासनपछि काममा फर्किए रामघाटका मजदुर

पोखरा
ताण्डव न्यूज ।

गिट्टी बालुवा संकलनमा महानगरले तत्काल कुनै रोक नलगाउने आश्वासन पाएपछि पोखराको सेती नदीस्थित रामघाट क्षेत्रका मजदुरहरु काममा फर्किएका छन् ।

विगत १ हप्तादेखि गिट्टी बालुवा निकासी ठप्प हुँदा मर्कामा परेको भन्दै सेती नदी मजदुर समूह परिवारका सदस्यहरु बुधबार विहान ज्ञापनपत्र बुझाउन महानगर पुगेका थिए । मजदूरहरुको टोलीलाई पोखरा महानगरका कार्यवाहक मेयर मन्जुदेवी गुरुङले मजदूरहरुको गास खोसेर महानगरले कुनै कदम नचाल्ने आश्वासन दिएपछि मजदुरहरु काममा फर्किएका हुन् ।

Batas

ज्ञापनपत्र बुझाउँदै समूहका अध्यक्ष सरिता कँडेलले मजदूरहरुको छाक टार्ने कामको रक्षा गर्न आग्रह गरिन् । जवाफमा कार्यवहाक मेयर मञ्जुदेवी गुरुङले पहिले मजदूरहरुको रोजीरोटीको व्यवस्थापन नभई थप काम अघि नबढ्ने आश्वासन दिएकी छन् ।

विगत एक हप्ता अघिदेखि आफूहरुले सेती नदीको रामघाट, तुलसीघाट क्षेत्रबाट गिटी बालुवा संकलन गरी विक्री गर्न नपाउँदा आफूहरुको विहान बेलुकाको छाक टार्न समेत कठिन भएको उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सेती नदीबाट उत्खनन् हुने गिट्टी बालुवाको ठेक्का लामो समय निजि कम्पनी वा व्यक्तिलाई दिन नहुनेमाग सहित मजदूरहरु विहान करिब १० बजेदेखि डेढघण्टासम्म महानगरको गेटमा धर्नामा बसेका थिए ।

आफूहरुका माग वेवास्ता गर्दै महानगरले जवर्जस्ती निजि क्षेत्रलाई ठेक्कामा दिए कडा आन्दोलन गर्ने मजदुरहरुको चेतावनी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.