www.tandavnews.com
Fact ~ In search of truth

पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

हेफेई, सिन्ह्वा

पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्तिमार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.